Shiva Aarti (Nepali)

By Traditional

sacred textbeginner9 verses5 min read

Nepali Text

ॐ जय शिव शङ्कर शम्भो, जय गिरिजाधीश। शिव–२ जय जय करुणासागर –२ पशुपति जगदीश॥ ॐ हर हर हर महादेव गिरी कैलाश निवास छ, गण छन् सहचारी। शिव–२ मुण्डमाला छ गलामा–२ रुप छ भयहारी॥ ॐ हर हर हर महादेव डमरु त्रिशुल सुशोभित, प्रभुका दुई करमा। शिव–२ भूषण नाग विराजित–२ बाघाम्बर तनमा॥ ॐ हर हर हर महादेव तीन नयनमा थरि–थरि, ज्योति छ दिव्य सदा। शिव–२ वाहन वृषभ मनोहर–२ संगमा छन् गिरिजा॥ ॐ हर हर हर महादेव भस्म विलेपन सुन्दर, शिरमा चन्द्रकला। शिव–२ कलकल बग्छिन् हर्दम–२ गंगा पुण्य जला॥ ॐ हर हर हर महादेव ब्रम्हा विष्णु महेश्वर, प्रभुका रुप सबै। शिव–२ सृष्टि स्थितिलय सब हुन्–२ शिवलीला प्रभुकै॥ ॐ हर हर हर महादेव वेद पुराण थकित छन्, प्रभुको वर्णनमा। शिव–२ कण कण व्यापक प्रभुको–२ महिमा त्रिभुवनमा॥ ॐ हर हर हर महादेव सुर नर मुनि सब प्रभुकै, निशिदिन ध्यान गरी। शिव– २ परमानन्द मगन भै–२ जान्छन् पार तरी॥ ॐ हर हर हर महादेव सच्चिदानन्द परात्पर, सज्जन हितकारी। शिव–२ जय जय साम्बसदाशिव–२ जय जय त्रिपुरारी॥ ॐ हर हर हर महादेव